सिंहदरबार १९ अैँा शताब्दीको विशिष्ट वास्तु नमुना मानिन्छ ।
१७ सय कोठा तथा विभिन्न चोकहरू भएको भव्य दरबार बनाउन १ वर्ष लागेको थियो भने चन्द्र शम्शेरले सन् १९०४ सालमा व्यक्तिगत २५ लाख रूपैँया खर्चेर यो भव्य दरबार निर्माण गराएका थिए ।
विक्रम संवत् २०३० साल असार २५ गते अागलागी हुनुपुर्व एसियाकै सबैभन्दा ठुलो प्रशासनिक भवन थियो । अागलागीले दरबारको पुर्वी ध्वस्त भयो भने दरबारको बाँकी भाग जोगाउनका निमित्त मित्र राष्ट्र चीनको सहायता मागिएको थियो । जलेको भाग र बाँकी भाग छुट्याउन बम
विस्फोट गराइएको थियो ।
हालको पश्चिमी मोहडा निर्माण गरिएकै बखतको संरचना हो । सिंहदरबार भित्रको १ नम्बर चोक भित्रका भागहरू पछि निर्माण गरिएका हुन् ।
१ नम्बर चोकमा तत्कालीन युवराजधिराज दिपेन्द्रको ब्रतवन्ध गरिएको थियो ।
दरबारको पुर्ननिर्माणका लागि देशभरका हरेक घरबाट १०-१० रूपैँया संकलन गरी
प्रधानपञ्चहरूले काठमाण्डैा पठाएका थिए भन्ने सुनिन्छ ।
हालसम्म पनि सिंहदरबारमा भएको अागलागीको कारण खुल्न सकेको छैन् ।