अंग्रेजले गोर्खाली रिक्रुट भर्ना
गर्न बारम्बार मरिहत्ते गर्दा पनि जंगबहादुरले नानाभाँतीका तर्कले टारेका थिए। उनी
भन्दा पहिलेका शासकले झ्न् दिने कुरै थिएन। लुकीछिपी गएकाहरूलाई जम्मा गरेर
ब्रिटिशले गोर्खा रेजिमेन्ट खडा गरेको थियो।
युद्धपछि बलभद्र कुँवर लगायत केही
गोर्खाली लाहोर गएर ‘लाहुरे’ बने। रणजित सिंहको शिख राज्य ब्रिटिशले
लिएपछि ती पनि ब्रिटिश सेनामै विलीन भए।
सुगौली सन्धिको चार दशक र
जंगबहादुर वितेको ८–९ वर्षपछि
मात्र अंग्रेजहरूले गोर्खा रिक्रुट भर्ना सम्झौता गर्न पाएका हुन्।
जंगबहादुर त आफ्नो समयभरि सैनिक
संगठन मजबूत पारिराख्ने कार्यमै लागिरहे। उनले आफ्ना भाइछोरालाई मुख्य दुइटा उपदेश
दिएका थिए– “विदेश
नीतिमा अंग्रेजलाई नचिढाउनु र घरमा राजालाई मानिराख्नु।
राणाराज्यका यी दुई खम्बा हुन्
, यस कुरामा ध्यान दियौ भने तिमीहरूले यो राज्य थामी खाने छौ।” जंगबहादुरले अर्को कुरा पनि अवगत गराएका थिए– “मेरो सेखपछि कथंकदाचित् ब्रिटिश जोरी खोजेर लड्नै आयो भने बङ्गालीले जस्तो खुरुक्क राज्य नसुम्पनू।
, यस कुरामा ध्यान दियौ भने तिमीहरूले यो राज्य थामी खाने छौ।” जंगबहादुरले अर्को कुरा पनि अवगत गराएका थिए– “मेरो सेखपछि कथंकदाचित् ब्रिटिश जोरी खोजेर लड्नै आयो भने बङ्गालीले जस्तो खुरुक्क राज्य नसुम्पनू।
जीउज्यान दिएर लड्नु, वीर गोर्खालीको नाम राख्नू, जिते राम्रै भो, हारियो भने पनि वीर गोर्खालीको गौरव रहनेछ। वृत्ति मिल्नेछ। पुरुषार्र्थको फल पाइनेछ। गोर्खाली हराम होइनन्, नेपालका बफादार सिपाही हुन्।”
अाफ्ना भाइहरूसँग जंगबहादुर |
जंगबहादुरले उक्त दुई खम्बा
नढलुन्जेल रहन्छ भनेर राणाराज्यको आयु तोकेका थिए, जुन कालान्तरमा सही सावित भयो। भारतमा
ब्रिटिश शासन समाप्तिसँगै राणाराज्यको बाहिरी खम्बा ढल्यो।
राजालाई ‘गद्दीच्यूत’ भनेर सरकारी मुखपत्रमा ठूला अक्षरमा घोषणा हुनासाथ राणाराज्यको
भित्री खम्बा पनि ढल्यो। त्यसपछिको आन्दोलनको धक्काले राणाराज्यलाई समाप्त पार्यो।